२७ बैशाख /अर्थ र व्यापार - सनराइज बैंकको बुटवलमा १०५औं शाखा बिस्तार भएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रmपमा शाखाको उद्घाटन गरेका छन् । सो कार्यक्रममा बैंकका नायब महाप्रबन्धक श्री अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्जवल कसजुलगायतको उपस्थिति रहेको थियो ।
बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर, १२० वटा एटीएममार्फत पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईको प्रतिक्रिया