२३ असार / अर्थ र व्यापार – सानिमा बैंक लिमिटेडले काठमाण्डौंको महाराजगंजमा ४६ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समद्घघाटन सानिमा बैंकका ब्य्रान्ड प्रवर्द्धक कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुत्तरुपमा गरे ।
समद्घाटन समारोहमा सानिमा बैंकका संचालक डा. सवर्णदास श्रेष्ठले मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।
त्यसैगरी सानिमाबैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालालाई निरन्तर सहयोग तथा सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै महाराजगञ्ज शाखाबाट पनि ग्राहकलाई गुणस्तरीय सेवा र्पुयाउने प्रतिवद्धता व्यक्त गरे ।
समद्घाटन समारोहमा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा महाराजगञ्जवासीलाई बधाईको साथै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।
तपाईको प्रतिक्रिया