९ असोज / अर्थ र व्यापार – आइतबार नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) ले रामहिटी (सिमलटार)मा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घघाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् ।
उक्त समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको जानकारी गराएका छन् । बैंकले यस अघि असोज ६ गते शुक्रवार सूर्यविनायकमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।
तपाईको प्रतिक्रिया