logo

चार बैंकहरुले नेप्सेलाई स्पष्टिकरणको जवाफ पठाएपछि कारोबार सुरु , मिसन डेभलपमेन्ट बैंकको अझै शेयर कारोबार खुलेन

    1432   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जले बिहीबार बेलुका कारोबार रोकेको सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार आइतबार खुलेको छ । मिसन डेभलपमेन्ट बैंकको भने अझै शेयर कारोबार खुलेको छैन ।चार बैंकहरुले नेप्सेलाई स्पष्टिकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो भने मिसन डेभलपमेन्ट बैंकले भने जवाफ नपठाउँदा बैंकको आइतबार शेयर कारोबार खुल्न सकेको छैन ।

नेप्सेले मागेको स्पष्टिकरण सन्तोषजनक नभएपनि शेयरधनीको हितलाई ख्याल गर्दै चार बैंकको शेयर कारोबार भने खुला गरेको हो ।उक्त कम्पनीहरुले धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्नेमा उक्त कम्पनीहरुले नियमको पालना नगरेका कारण शेयर कारोबार रोकिएको थियो । नेप्सेले कारोबार खुला गरेको चारवटै कम्पनीलाई अब उप्रान्त नियम, विनियम तथा प्रचलित कानूनी व्यवस्थामा तोकिएबमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन सचेत गराइएको नेप्सेले जनाएको छ । सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले ती बैंकहरुको शेयर कारोबार बिहीबार बेलुका रोक्का गर्ने निर्णय गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’ मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु सञ्चालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ । उक्त व्यवस्था विपरित सूचनाहरु उपलब्ध गराएको भन्दै नेप्सेले सुध्रिन दवाब दिन यस्तो निर्णय गरेको जनाएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।