२० माघ/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकलाई बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो त्यसको तथ्यगत जानकारी गराउन निर्देशन दिएको छ ।
यस अघि बैंकले लगानीकर्ताहरुलाई दिने भनेको लाभांश दर ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांशलाई बढाएर ८ प्रतिशत बोनस दिने नेप्सेलाई जानकारी गराएको थियो ।
प्रभुले बैंकले राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको भन्दै लाभांश दरमा परिवर्तन गरेको जनाएपनि नेप्सेले भने त्यसको बीमाकीय मूल्याङकन बमोजिम जम्मा गर्नुपर्ने रकम के कारण फरक परेको हो, त्यसको तथ्यगत आधार उपलब्ध गराउने निर्देशन दिएको हो ।
तपाईको प्रतिक्रिया