१ पुस /अर्थ र व्यापार - नेपाल एसबिआई बैंक (SBI ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समतिको ४३२ औं बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ । हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत (४० करोड २३ लाख ४५ हजार २५०) बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
गत आर्थिक वर्षमा बैंकले एक अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको थियो भने बैंकको खुद नाफा भने एक अर्ब ८७ करोड ६५ लाख ०७ हजार रूपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष बैंकले १५.४२ प्रतिशत बोनस तथा ०.८१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले थोरै लाभांश घटाएको हो ।
तपाईको प्रतिक्रिया