२४ पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेञ्जले सहारा विकास बैंक (SHBL) को शेयर कारोबार रोक्का गर्दै २४ घण्टे स्पष्टीकरण माग गरेको छ । बैंकले घोषणा गरेको लाभांश सम्बन्धीको निर्णय धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नभएको नेप्सेले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८९ लाख ७८ हजार ३६० रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित चार लाख ७२ हजार ५४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रकाशन गर्दा बैंकले सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नभएको, लाभांश दिन लागिएको सम्बन्धीत आर्थिक वर्ष तथा दाखिला बन्द मिति अनुपात तथा शेयर कित्ता वा रकम समेत नखुलाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
लाभांश वितरण गर्ने घोषणाको सूचना समयमै नेप्सेलाई जाकारी नगराएको भन्दै बैंकसंग नेप्सेले २४ घण्टे स्पष्टीकरण पनि माग गरेको छ ।
तपाईको प्रतिक्रिया