१९ चैत्र /अर्थ र व्यापार - नेपाल धितोपत्र बोर्डद्वारा नेपाल एग्रो लघुवित्तलाई आईपिओ निष्काशन गर्ने अनुमति दिएको छ ।लघुवित्तलाई १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता शेयर निष्काशन गर्ने बोर्डले अनुमति दिएको हो ।
लघुवित्तले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ ।
तपाईको प्रतिक्रिया