logo

नेपाल एसआबिआई बैंकको चैत्रसम्ममा १६ प्रतिशतले नाफा वृद्धि

    1026   पटक पढिएको

१२ बैशाख /अर्थ र व्यापार - नेपाल एसआबिआई बैंकले चैत्रसम्ममा १६ प्रतिशतले नाफा बढाएर एक अर्ब ६० करोड रुपैयाँ गरेको छ । गत वर्ष बैंकले एक अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले खुद व्याज आम्दानी ३३ प्रतिशतले बढाउँदै ४ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेको छ । 
बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक देखिन्छ । यसै अवधिमा व्याज आम्दानी २५ प्रतिशतले बढ्दा व्याज खर्च भने ३३ प्रतिशतले बढेको हो । निक्षेपको व्याज बढ्दा व्याज खर्च अधिक देखिएको हो । 

बैंकले १८ प्रतिशतले निक्षेप संकलन बढाएको छ भने ऋण लगानी २२ प्रतिशतले बढेको छ । बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गरेर ९० अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले गत वर्ष ८४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । गत वर्षको तुलनामा बैंकले कर्जाको विस्तारलाई तिव्रता दिएको हो । पूँजी ५ प्रतिशतले सुधार हुँदा प्रतिशेयर आम्दानी भने एक रुपैयाँले घटेर २५ रुपैयाँ कायम भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।