५ मंसिर/अर्थ र व्यापार– नेपाल एसबिआई बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको छ ।
बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको हो ।
बैंकको हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र ३.४७ नगद गरि कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख छ ।
तपाईको प्रतिक्रिया