२२ असार / अर्थ र व्यापार - नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा बीआरएस सत्यनारायण चयन भएका छन् । बिहीबार बसेको ४३८ औं बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बीआरएस सत्यनारायणलाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको हो ।
अध्यक्ष बीआरएस सत्यनारायण, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्रा्ष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबीआईका एसिया, अफ्रिका तथा अस्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बीआरएस सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
तपाईको प्रतिक्रिया