२४ कात्तिक/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।
राष्ट्र बैकद्धारा जारी सूचना अनुसार बैंकले आज सोमबार १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट विक्री गर्न लागिएको हो ।
बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रू.५ अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिनेछ । उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रू. १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गरिदैछ ।
उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रू. १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ ।
बैंकले यही कात्तिक १७ गते रू.१ अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।
तपाईको प्रतिक्रिया