२५ बैशाख /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकद्वारा १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गरिने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको हो ।
सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ ।
तपाईको प्रतिक्रिया