logo

अवैधानिक भुक्तानी नगर्न र नगराउन नेपाल राष्ट्र बैंकको आग्रह

    1261   पटक पढिएको

७ जेठ /अर्थ र व्यापार – आधिकारिक रूपमा स्वीकृति  पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न र नगराउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रूपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरिएको छ । केन्द्रीय बैंकको स्वीकृति बिना कसैले अनाधिकृत रूपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाइएको छ । 

यस्तै नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ ख’ बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।