logo

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गर्न निर्देशन

    1018   पटक पढिएको

२२ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन (मर्जर) का लागि प्रोत्साहन गर्ने नीति अख्तियार गर्ने भएको छ । बैंकले एक निर्देशनमार्फत बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम गाभ्ने वा गाभिई स्तरोन्नति गर्ने प्रक्रिया अवलम्बन गरे त्यसलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।

बैंक तथा वित्तीय संस्थाले गाभिनका लागि दिने आवेदनलाई प्राथमिकता दिनेसमेत नीति लिएको छ । राष्ट्र बैंकमा त्यस्तो प्रक्रियाका लागि आवेदन दिँदा त्यस्ता संस्थाले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र धितोपत्र विनिमय बजारलाई समेत जानकारी दिन सुझाएको छ ।

प्रादेशिकस्तरका वित्तीय संस्था एकापसमा गाभिई वा प्राप्ति गरी राष्ट्रियस्तरमा परिणत हुन चाहेमा गाभिएर बन्ने संस्थाको चुक्ता पूँजी तथा पूँजीकोष केन्द्रीय बैंकले तोकेबमोजिम हुने गरी अन्य व्यवस्थामा छुट प्रदान गर्ने नीति लिइएको छ ।

यस्तै राष्ट्र बैंकले तोकेको अवधिभित्र तोकेबमोजिम पूँजी नपु¥याएको, पाँच वर्षदेखि लगातार नोक्सानीमा रहेका बैंक तथा वित्तीय संस्थालाई गाभिनका लागि प्रोत्साहन गर्नेछ । राष्ट्र बैंकले दिएको निर्देशन उल्लङ्घन गरेको र जोखिम व्योहोर्ने कोष कायम गर्न नसकेकालाई पनि गाभिनका लागि प्रेरित गर्ने नीति लिएको केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।