२५ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले १२ अर्ब बराबरको ५ वर्षे विकास ऋण पत्र बिक्री गर्ने भएको छ । उक्त ऋण पत्रलाई बैंकले विकास ऋण पत्र २०८१ ‘ग’ नाम दिएको छ ।
बैंकले बिहीबार उक्त ऋण पत्र बोल कबोलमार्फत बिक्री गर्ने जनाएको छ । ऋण पत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।
इच्छुक खरीदकर्तालाई बोलकबोल प्रक्रियामा भाग लिन केन्द्रीय बैंकले एउटा सूचनामार्फत आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया