logo

नेपाल राष्ट्र बैंकको नयाँ भवनको राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा शिलान्यास

    1235   पटक पढिएको

२४ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको ५ हजार ३२ वर्ग मिटर क्षेत्रफलमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरीएको छ । भुकम्पले क्षतिग्रस्त भएपछि भवन बस्नै नसक्ने अवस्थामा पुगेको थियो । भुकम्पपछि भवन बस्न नमिल्ने भएपछि राष्ट्र बैंकको सञ्चालक समिति बैठक चौरमा समेत बस्नु परेको थियो । भुकम्पले क्षतिग्रस्त भवन २०७४ फागुनमा भत्काइएको हो ।

भवन भत्काउँदा राष्ट्र बैंकलाई तीक करोड १५ लाख आम्दानीसमेत भएको थियो । राष्ट्र बैंकले कुल ६१ रोपन ७ आनामा नयाँ भवन बनाउने छ । प्रस्तावित भवनको लागत अनुमान २ अर्ब ८ करोड रुपैयाँ लाग्ने बताइएको छ । भवनको स्वरूप वेसमेन्ट २ तला र जमिन माथि ४ तला रहने छ । एक तला पार्किङ हुने छ । कन्सल्र्टेण्ट इआरएमसीरपेस जेभीलाई दिइएको छ । भवन निर्माण सम्झौता अवधि कार्यादेश जारी भएको मितिले ३० महिनाभित्र सम्पन्न हुने छ । 
निर्माणस्थल अवलोकन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडा, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशिल ज्ञवाली र डेपुटी गभर्नर शिवराज श्रेष्ठ भवन पुरानै बाहिर स्वरुपमा निर्माण हुने छ । भित्र भने अत्याधुनिक बनाइने गभर्नर डा. चिरञ्जिबी नेपालले जानकारी दिए ।

भवन निर्माणमा सबै पैसा राष्ट्र बैंकको खर्च हुने छ भने यसमा सघाउने काम पुनर्निर्माण प्राधिकरणले समेत गरेको छ । भवन शिलान्यास सोमबार राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेकी छिन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।