logo

नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान तयार

    1283   पटक पढिएको

१७ असार / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकको बैंकिङ नीति अनुरुप बैंकहरु मर्जरमा जान तयार भएका छन् । बैंकहरुको छाता संगठन बैंकर्स संघको मंगलबार बसेको बैठकले राष्ट्र बैंकको नीति अनुरुपनै मर्जरमा जाने निर्णय गरेको हो ।

संघले मर्जर सम्बन्धी दुई वटा महत्वपूर्ण निर्णय गर्दै बैंकहरुलाई मर्जरमा जान तयार हुन आग्रह गरेको छ । २८ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरु उपस्थित बैठकले बैंकको संख्या घटाउने राष्ट्र बैंकको नीतिलाई समर्थन गर्दै बिहीबारसम्म सबै बैंकले मर्जर समिति गठन गरेर राष्ट्र बैंकलाई जानकारी गराउने निर्णय गरेको छ ।

यसबीचमा कुन बैंक र कसको कोसँग छलफल भइरहेको छ भन्ने जानकारी दिन समेत संघले सहमति गरेको छ । अब छिट्टै सहमति गरि बैंक मर्जरमा अघि बढ्ने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिएका छन् । यसै अबसरमा संघले तत्काललाई मर्जर समिति समेत बनाएको जनाएको छ ।
गत हप्ता राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक(सिईओ)लाई डाकी असार १९ गते सम्ममा ठोस निर्णय सहित पार्टनर खोजिसक्न निर्देशन दिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।