logo

नेपाल राष्ट्र बैंकले ११ बर्ष अवधिको ऋणपत्र जारी गर्ने

    993   पटक पढिएको

६ जेठ /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ११ बर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । चालु बर्ष सरकारले ८६ अर्ब रुपैयाँ ऋणपत्र जारी गर्दैछ । यसैगरी सोमबार १३ अर्बको नयाँ ट्रेजरी बिल्स जारी गर्दैछ । साथै ३ अर्ब ८९ करोडको पुरानो ट्रेजरी बिल्सको नवीकरण गर्दैछ ।

यद्यपी यसअघि जारी गरिएका ऋणपत्रमा मागभन्दा कम आवेदन परेको छ । सरकारले चालु बर्ष १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । यसमध्ये ८६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने सरकारी योजना छ । बैशाख मसान्तबाट ऋण उठाउन थालिएपनि मागभन्दा कम आबेदन परेको छ ।

सरकारले गत ३० गते ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ उठाउन खोजेको थियो । तर बैंकिङ प्रणालीमा तरलता अभाव भएकाले ९१ दिने र १८२ दिने गरी ७ अर्ब उठाउनै सकेन । ३६४ दिनेमा ५ अर्ब रुपैयाँ उठाउन बोलकबोल गरेको थियो । यसमा जम्मा २ अर्ब ८ करोड रुपैयाँ मात्र बैंकहरुले कबुल गरेका छन् ।

विकास ऋणपत्रको पनि सन्तोषजनक नभएकाले बैंशाख ३१ र जेठ २ गते गरी १६ अर्ब रुपैयाँ विकास ऋणपत्र जारी गरेको थियो । यसमध्ये सात बर्ष अवधिको ८ अर्ब रुपैयाँको विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले २ अर्ब एक करोडका लागि मात्र आवेदन दिए। बाँकी ऋणपत्र बिक्न सकेन । बैशाख २ गतेको नौं बर्षे अवधिको ऋणपत्र भने पुरै बिक्री भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।