logo

तीन एजेण्डामा २७ बैंकका सिईओहरुसंग छलफल गर्दै गभर्नर अधिकारी

    1349   पटक पढिएको


२५ कात्तिक/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग विभिन्न ३ एजेण्डामा छलफल गर्ने भएको छ । 

गभर्नर अधिकारीले केही समयअघि पनि बैंकरसहित बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग सामूहिक छलफल गरेका थियो ।

गभर्नर अधिकारीले बुधबार दिउँसो १ बजे २७ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारीसँग भर्चुअल माध्यमबाट हुने छलफल गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार गभर्नर अधिकारीले अधिक तरलता, पुनर्कर्जा र सहुलियतपूर्ण ब्याजको ऋणका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्ने छन् ।

अहिले प्रणालीमा २०० अर्ब अधिक तरलता छ । सरकार आँफै पनि २०० अर्ब अधिक बचतमा छ । गभर्नरले गत भदौबाटै अधिक तरलता लामो समय नरहने बताउँदै आएका थिए । तर सरकारले ५७ अर्ब ऋण उठाउँदा पनि तरलता निरन्तर बढिरहेको छ ।

बढ्दो तरलताले बैंक बचतको ब्याज घटिरहेको छ । यस बारेमा गभर्नरले प्रमुख कार्यकारीहरुसँग छलफल गर्न खोजेका हुन् ।

गभर्नरले मंसिर २ गतेबाट प्रवाह हुने पुनर्कर्जाका बारेमा पनि छलफल गर्ने छन् । राष्ट्र बैंकले पुनर्कर्जाका लागि बैंकहरुसँग आवेदन माग गरिसकेको छ । तर प्रवाह भने भइसकेको छैन ।

यसबाहेक सरकारको ब्याज अनुदानको ऋण बढाउन पनि गभर्नरले छलफल गर्न खोजेका छन् । यसपाली सरकारले बीमा र ब्याज अनुदानका लागि बजेट बढाएको छ । यसबाट कुल २०० अर्ब ऋण पुर्याउने सरकारी लक्ष्य छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।