logo

वित्तीय साक्षरता अभियानलाई तीव्र पार्दैः नेपाल राष्ट्र बैंक

    2255   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभियानलाई तीव्र पार्ने छ । प्रत्येक स्थानीय तहमा बैंकहरुको शाखा पुर्याएर मात्रै नहुने भएकाले गाउँगाउँमा साक्षरता अभियान चाल्ने गरी अघि बढ्ने तयारी भएको छ ।

मुलुकलाई आर्थिक रुपमा सम्पन्न गराउन पनि वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनुपर्ने हो । बुधबार ललितपुरमा आयोजित लघु, साना तथा मस्यौला उद्योमीहरुको अन्तराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकले वित्तीय साक्षारता अभियान संचालन गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरा अघि ल्याएको हो । 

लघु, साना तथा मस्यौला उद्योमीहरुलाई आवश्यक कर्जा प्रवाह गर्न बैंक तथा वित्तिय संस्थाहरु इच्छुक रहेको छ । कर्जा प्रवाह र यसबाट लिने व्यवसायिक फाईदाका विषयमा भने अझै पनि साना उद्योगीहरु जानकार नरहेको छ ।

नेपाल राष्ट्र बैंकले लघु, साना तथा घरेलू उद्योगको विकासका लागि आवश्यक लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई पटक–पटक निर्देशन दिँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।