१ चैत्र /अर्थ र व्यापार - २८ वटा वाणिज्य बैंकलाई सिक्का खरीद गरी बिक्री गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई १ रुपैयाँ दरको ८ ड्रम (६ लाख) र दुई रुपैयाँ दरको १० (१२ लाख रुपैयाँ)को सिक्का खरिद गर्न निर्देशन दिएको हो ।
सुन्धरास्थित टक्सार महाशाखामा रहेको र भूकम्पले धरहरा भत्केपछि पुनर्निर्माणक काम भएकाले उक्त सिक्का किनेर बिक्री गर्न निर्देशन दिएको छ । सबै वाणिज्य बैंकले उपत्यका भित्र रहेका शाखा मार्फत सर्वसाधारणलाई सिक्का बिक्री गर्न भनेको हो ।
राष्ट्र बैंकले उक्त सिक्का खरिद गर्न आउन सबै बैंकलाई चैत तीन गतेदेखि वैशाख १६ गतेसम्मको समय नै निर्धारण गरेको छ ।
तपाईको प्रतिक्रिया