logo

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा झापाको चन्द्रगढीमा

    1519   पटक पढिएको

 
४ मंसिर / अर्थ र व्यापार - काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार झापा जिल्लाको चन्द्रगढीमा उपशाखा कार्यालयबाट सेवा विस्तार गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बीमा क्षेत्रले नेपालको अर्थतन्त्रमा केही समयदेखि उत्साहजनक योगदान पुर्याउँदै आएको कार्कीले बताए । पछिल्लो समय बीमा क्षेत्रले बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवं परिपूरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ । कार्यक्रममा कार्यकारी प्रमुख अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत चालु आर्थिक वर्षमा थप शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिने बताएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी भएकोले बीमितको सर्वोपरी हित र त्यसका मापदण्डबारी बीमितलाई जागरुक बनाउन कम्पनीले प्रयास गरिरहेको उनले बताए । बीमितलाई कुन कम्पनीमा बीमा गर्दा बढी हित हुन्छ भन्ने कुरा बुझाउने कार्यमा अभिकर्ताहरुको भूमिका निकै ठूलो भएको उनले बताए । अभिकर्तालाई समाजमा स्थापित गर्न प्रयास गर्दै आएको उनको भनाई छ । कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितको हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दिगो विकासमा ध्यान दिएको झाले बताए ।
कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन तीन अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको भन्दा तीन गुणाले बढेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार तीन महिनामा कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ३६ करोड रुपैयाँ भएको छ भने कुल लगानी ५० अर्ब रुपैयाँ भन्दा बढी छ । यस कम्पनीले बीमितलाई प्रतिहजार ६५ देखि ८२ रुपैयाँ बोनस प्रदान गर्दै आएको छ । बीमितलाई सबैभन्दा बढी बोनस दिदै आएको यस कम्पनीले सर्वा्धिक बोनस दरलाई कायम गर्दै अगाडि बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।