logo

नेपाल इन्भेष्टमेन्ट बैंकको निष्क्रिय कर्जा बढेपछि नाफामा दबाब, घट्यो इपीएस

    1157   पटक पढिएको

२९ कात्तिक / अर्थ र व्यापार - चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८४ करोड ४४ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १९.९३ प्रतिशत कम हो। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा बढेपछि नाफा घट्न पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १.२१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको यसै अवधिसम्ममा १.६३ प्रतिशत बिन्दु बढेर २.८४ प्रतिशत पुगेको छ । चुक्ता पूँजी स्थिर रहेपनि बैंकको खुद नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ३८ पैसा घटेर २६ रुपैयाँ २५ पैसा कायम भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५२ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६ करोड ६५ लाख कम हो। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३० करोड ३ लाख घटेर १ अर्ब २० करोड ६३ लाखमा खुम्चिएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रहेको छ। बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख, रिटेन्ड अर्निङ्गमा २ अर्ब ९० करोड ९० लाख र शेयर प्रिमियममा १० करोड ५६ लाख रुपैयाँ सञ्चित गरेको छ ।

चालु आवको प्रथम त्रैमाससम्ममा बैंकले १ खर्ब ५१ अर्ब २८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४२ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

गत आवको असोज मसान्तको तुलनामा बैंकको प्रतिशेयर नेटवर्थ ४२ रुपैयाँ ४९ पैसा घटेर २०४ रुपैयाँ ४४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.८८ गुणा कायम भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।