७ असोज/अर्थ र व्यापार– नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका् लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
बैंकले ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डमा असोज ५ गते निवेदन दिएको हो । बैंकले ८.५ प्रतिशत प्रतिफल दिनेगरी सात वर्षे परिवक्व अवधिको ऋणपत्र जारी गर्न बोर्डको अनुमति मागेको हो ।
बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रतिएकाइ एक हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । सोमध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्ने बैंकको योजना छ।
बैंकले आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडलाई ऋणपत्रको बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
तपाईको प्रतिक्रिया