२९ बैशाख /अर्थ र व्यापार - नेपाल इन्भेष्टमेन्ट बैंकको तीन वटा ऋणका फाइलमा समस्या देखिएपछि बैंकले नोक्शानी ब्यवस्थापनको रकम बढाएको हो । बैंकले ९२ करोड ४० लाख रुपैयाँ नोक्शानी ब्यवस्थापन गरेको छ । बैंकको खराव कर्जा पनि ०.७६ प्रतिशतबाट ३.०४ प्रतिशत पुगेको छ । बैंकले चैत मसान्तसम्ममा दुई अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यहि अवधिमा दुई अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । व्याज आम्दानी १७ प्रतिशतले बढ्दा व्याज खर्च भने जम्मा १५ प्रतिशत बृद्धि भएको छ । खुद व्याज आम्दानी १९ प्रतिशतले बढेर ६ अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यहि अवधिमा बैंकले ५ अर्ब ६० करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको थियो ।
निक्षेप संकलन ९ प्रतिशतले बढाउँदा ऋण लगानी भने ७ प्रतिशत मात्रै बृद्धि गरेको छ । बैंकले नौ महिनाको अवधिमा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्षको यहि अवधिमा बैकले एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकको चुक्ता पूँजी १८ प्रतिशतले बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको व्यवसाय बृद्धि हुँदै गर्दा पूँजीकोष अनुपात पनि १.२७ प्रतिशत विन्दुले घटेर ११.९७ प्रतिशतमा झरेको छ । आधार व्याजदर ०.५८ प्रतिशत विन्दुले घटेर ८.५४ प्रतिशतमा झरेको छ । ऋण लगानीसँगै निक्षेप बढ्दा कस्ट अफ फण्ड पनि ०.१३ प्रतिशत विन्दुले बढेर ६.४८ प्रतिशत पुगेको छ । नाफा घटेसँगै बैंकको प्रति शेयर आम्दानी ८ रुपैयाँले घटेर २७ रुपैयाँमा झरेको छ ।
तपाईको प्रतिक्रिया