१९ मंसिर/अर्थ र व्यापार– नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डबाट मंसिर १८ गते अनुमति पाएसंगै बैंकले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।
४० लाख कित्तामध्ये कम्पनीले १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले निष्कासन गर्ने ऋणपत्र ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि निष्कासन गर्नेछ ।
बैंकको विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया