८ साउन / अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकको सेयर आफ्नो नाममा सुचिकरण गराएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार इन्भेष्टमेण्ट बैंकले आइतबार ४९ लाख ३४ हजार ६३३.६५ कित्ता सेयर संकेतमा सुचिकृत गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक बराबर ४२ कित्ताको अनुपातमा आफुमा विलय गरेको थियो । केही समय अघि मात्र इन्भेष्टमेण्ट बैंकले एसलाई आफुमा विलय गरेर एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो ।
तपाईको प्रतिक्रिया