logo

इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन, १८ प्रतिशत बोनसलाई समायोजन गरि नयाँ मूल्य निर्धारण

    1145   पटक पढिएको

११ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जमा बुधबार इन्भेष्टमेन्ट बैंक (NIB) को शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो । स्टक एक्सचेञ्जले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत बोनसलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको बोनसपश्चात प्रतिकित्ता ५७७ रुपैयाँ १२ पैसामा शेयरमूल्य समायोजन गरेको हो ।  बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयर कारोबारमूल्यका आधारमा औसत आधारमूल्य ६६७ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश पारित गर्न गर्न पुस २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे आह्वान गरेको ३२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपमा गाभिने प्रयोजनका लागि संस्था छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका आवश्यक सम्पूर्ण प्रकृयाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।

चालू आर्थिक वर्षको तीन महिना अवधिमा एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार बैंकको खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ छ । जुन गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।