logo

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा

    1110   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी कार्तिक ७ गते मंगलबार ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले राष्ट्रिय सभा गृह प्रदशनीमार्गमा विहान १० बजे साधारणसभा आह्वान गरेको हो । इन्भेष्टमेन्ट बैंकले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले साधारणसभाका लागि असोज १८ गते सेयर दाखिला खारेजी गर्ने (बुक क्लोज) मिति तोकेको छ । यसअनुसार बैंकले प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् ।  त्यस्तै साधारण सभाले चार जना संस्थापक सेयरधनीको निर्वाचन गर्ने कार्यक्रम गरेको छ ।

एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी  ३५ रुपैयाँ ६८ पैसा कायम गरेको छ । बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता ७६१ रुपैयाँमा कारोबार भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।