९ माघ/अर्थ र व्यापार– नेपाल इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृती पाए पछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।
तपाईको प्रतिक्रिया