२७ कात्तिक / अर्थ र व्यापार - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको बैंकले अहिलेसम्म कुल ८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले गत कात्तिक १५ गते तीन अर्ब रुपैयाँको लगानी सम्झौता गरे पनि कर्जा किस्ता किस्तामा प्रवाह हुनेछ । कर्जा लगानी नहुँदा बैंकले अन्य बैंकहरुलमा ७ अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेर राखेको छ। त्यस्तै ५ अर्ब ७३ करोड रुपैयाँ नगदको रुपमा रहेको जनाएको छ। शेयरमा १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पूँजीलाई नै बैंकमा जम्मा गरेर ३१ करोड ७९ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।
बैंकले तीन महिनाको अवधिमा ५ करोड रुपैयाँ निक्षेप बढाउँदै २५ करोड रुपैयाँ पुर्याएको हो। पुर्वधारमा लगानी गर्ने भनिए पनि बैंकले आयोजना फेला पार्न नसक्दा आफुसँग भएकै पूँजी बैंकमा जम्मा गरेर राख्नु पर्ने अवस्था आएको हो ।
तपाईको प्रतिक्रिया