३ मंसिर/अर्थ र व्यापार– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो वार्षिक साधारण सभा आज बुधवार अपरान्ह ४ बजे बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा हुँदैछ ।
कम्पनीले यसअघिनै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेपनि निष्कासन कार्यले मूर्तरुप नलिएको हुनाले आज हुने साधारण सभा मार्फत प्रस्ताव पारित गर्ने जानकारी गराएको छ ।
सभाले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. २० अर्ब पुग्नेछ ।
तपाईको प्रतिक्रिया