logo

साउन २७ गतेबाट नेपाल हाइड्रोको सेयर जारी हुने

    1368   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – नेपाल हाइड्रो डेभलपर लिमिटेडले साउन २७ गतेबाट सर्वसाधारणको लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका ३ लाख ९० हजार कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये कम्पनीका कर्मचारीको लागि ७ हजार ८ सय कित्ता र सामूहिक लगानी कोषहरुको लागि १९ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीको सेयर चाँडोमा ३२ गते र ढिलोमा भदौं २५ गतेसम्म खुला रहनेछ । कम्पनीको सेयरमा ५० कित्ता देखि १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीले स्थानीयको लागि यसअघि नै सेयर जारी गरिसकेको छ । सेयर जारीसँगै कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको ३.५२ मेगावाटको चर्नावती जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । कुल ६७ करोडमा निर्माण भएको यस योजनाको लागत प्रति मेगावाट १९ करोड रहेको छ । कम्पनीको प्रवद्र्धकहरुमा व्यवसायी ज्ञानेन्द्र लाल प्रधान र पशुपती मुरारका रहेका छन् ।

कम्पनीले गत चैतसम्ममा विद्युत बिक्रीबाट ८ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । आव २०७३÷७४ मा प्रतिसेयर आम्दानी ८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको समग्रमा आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।