logo

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ८७ प्रतिशतले बढ्यो

    1122   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ८७ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ७० करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ३ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको १ अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यसपटक पनि सम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ८२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.८० प्रतिशत रहेको छ भने प्रावधान १ सय २ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रहेको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफलमा खासै परिवर्तन भएको छैन् । यो दर २३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २८.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.५१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ । बैंकको कर्मचारी लागत १७ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा २० अर्ब र सेयर धितोमा कर्जा ५ अर्ब ३८ करोड लगानी गरेको छ ।

बैंकको सञ्चिती २ अर्ब ५६ करोड रहेको छ । बैंकको निक्षेप संकलन ९३ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी ९३ प्रतिशतले बढेर ४८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.४८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ९.३२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १२.३० रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।