logo

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ८७ प्रतिशतले बढ्यो

    1193   पटक पढिएको

४ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ८७ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ७० करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी ४४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

बैंकले फि कमिसनबाट २१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १४ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ३ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको १ अर्ब ३३ करोड फिर्ता ल्याएको छ । यसपटक पनि सम्भावित नोक्सान व्यवस्थाको लागि बैंकले ८२ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ४.८० प्रतिशत रहेको छ भने प्रावधान १ सय २ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड रहेको छ । चुक्ता पुँजी बढेपनि सेयरमा प्रतिफलमा खासै परिवर्तन भएको छैन् । यो दर २३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २८.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.५१ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैयाँ रहेको छ । बैंकको कर्मचारी लागत १७ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि ६ करोडले वृद्धि भएको छ । बैंकले ओभर ड्राफ्ट शीर्षकमा २० अर्ब र सेयर धितोमा कर्जा ५ अर्ब ३८ करोड लगानी गरेको छ ।

बैंकको सञ्चिती २ अर्ब ५६ करोड रहेको छ । बैंकको निक्षेप संकलन ९३ प्रतिशतले बढेर ५८ अर्ब र कर्जा लगानी ९३ प्रतिशतले बढेर ४८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.४८ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट ९.३२ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १२.३० रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।