२ असोज / अर्थ र व्यापार – नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको असोज १८ गते बुक क्लोज हुने भएको छ । बैंकले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन कम्पनीको सेयर दाखिला बन्द गर्न लागेको हो ।
कम्पनीले १२० प्रतिशत(१ः१.२ को अनुपातमा) हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हाल बैंकको चुक्ता पुँजी २२ करोड २ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको प्रतिकित्ता सेयर २९७ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया