२५ कात्तिक/अर्थ र व्यापार– नेपाल बैंकर्स संघले तिहारको पाँच दिन वाणिज्य बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । दसैंमा पनि बैंकहरुले यसैगरी ५ दिन बिदा दिएको थियो ।
बैंकका कर्मचारीहरुमा कोभिड–१९ संक्रमण दर तिव्र गतिमा बढीरहेको संन्दर्भमा संघले तिहार बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी कोभिड–१९ बाट संक्रमित छन् ।
यसअघि बैंकहरुले ३६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए । भने निश्चित अवधिका लागि तिहार बिदाका बेलामा पनि शाखा खुल्थ्यो । संघले कार्यलय बन्द हुने भएपनि डिजिटल बैंकिङ र एटीएम सेवा निरन्तर हुने जनाएको छ ।
संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ ।
तपाईको प्रतिक्रिया