logo

नियामकीय अधिकारीहरु समेतको उपस्थिति हुनेगरि बैंकर्स संघद्वारा बैठक आह्वान

    1291   पटक पढिएको

५ पुस/अर्थ र व्यापार   - अर्थमन्त्री डा. युवराज खतिवडालाई मुद्रा र पूँजि बजारको समस्या समाधानका लागि बुधबार प्रतिवेदन बुझाएपछि बैंकर्स संघले बिहीबार दिउँसो बैठक डाकेको छ । नियामकीय अधिकारीहरुसमेतको उपस्थितिमा बैठक हुन लागेको हो ।

बैंठकमा ब्याज दर, तरलताका बारेमा छलफल हुने छ । नियामक निकायका अधिकारीहरुसमेत उपस्थित हुने बैठकले फेरि ब्याज दरमा भद्र सहमति गर्ने संभावना छ । हिजो साँझ साढे ६ बजे सबै बैंकरलाई बैठकको सुचना दिइएको थियो ।  राष्ट्र बैंक कार्यालय बालुवाटर अगाडिको एक रेष्टुरेन्टमा बैठक बस्ने छ । बैठकलाई ‘लञ्च मिटिङ’ भनिएको छ । सहमति तोडेर आत्मघाति काम भइसकेको र फेरि सहमतिको विकल्प नभएको बैंकर्स संघ कार्यसमितिका एक सदस्यले बताए ।

बैठकले बचत खाताको ब्याज दरलाई मूल्य बृद्धि दरसँग मिलाएर तोक्न सक्ने छ । त्यही अनुसार राष्ट्र बैंकले नीतिगत निर्णय गर्ने छ । यसैगरी मुद्दति र कल डिपोजिटको ब्याज दरका बारेमा पनि सहमति बन्ने छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।