logo

नियामकीय अधिकारीहरु समेतको उपस्थिति हुनेगरि बैंकर्स संघद्वारा बैठक आह्वान

    1434   पटक पढिएको

५ पुस/अर्थ र व्यापार   - अर्थमन्त्री डा. युवराज खतिवडालाई मुद्रा र पूँजि बजारको समस्या समाधानका लागि बुधबार प्रतिवेदन बुझाएपछि बैंकर्स संघले बिहीबार दिउँसो बैठक डाकेको छ । नियामकीय अधिकारीहरुसमेतको उपस्थितिमा बैठक हुन लागेको हो ।

बैंठकमा ब्याज दर, तरलताका बारेमा छलफल हुने छ । नियामक निकायका अधिकारीहरुसमेत उपस्थित हुने बैठकले फेरि ब्याज दरमा भद्र सहमति गर्ने संभावना छ । हिजो साँझ साढे ६ बजे सबै बैंकरलाई बैठकको सुचना दिइएको थियो ।  राष्ट्र बैंक कार्यालय बालुवाटर अगाडिको एक रेष्टुरेन्टमा बैठक बस्ने छ । बैठकलाई ‘लञ्च मिटिङ’ भनिएको छ । सहमति तोडेर आत्मघाति काम भइसकेको र फेरि सहमतिको विकल्प नभएको बैंकर्स संघ कार्यसमितिका एक सदस्यले बताए ।

बैठकले बचत खाताको ब्याज दरलाई मूल्य बृद्धि दरसँग मिलाएर तोक्न सक्ने छ । त्यही अनुसार राष्ट्र बैंकले नीतिगत निर्णय गर्ने छ । यसैगरी मुद्दति र कल डिपोजिटको ब्याज दरका बारेमा पनि सहमति बन्ने छ । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।