logo

सोमबारमात्र नेपाल बैंकको लिलामी सेयरमा आवेदन गर्न पाईने

    1480   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – नेपाल बैंकले असार १३ गतेदेखि लिलामीमा राखेको साधारण समूहको सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । बैंकले एक लाख ८९ हजार ६२५ कित्ता साधारण सेयर लिलामीमा राखेको हो ।

बैंकको लिलमी सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयभित्र बैंकको सेयर विक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

आवेदन गर्दा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित मूल्यमा १०० कित्ताभन्दा बढि १० कित्ताको गुणांकमा सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । बोलपत्र मंगलबार बिहान ११ बजे सिभिल क्यापिटल सिटिसी मल, सुन्धारा काठमाडौंमा खोलिने छ ।

बैंकले बैशाख ७ देखि जेठ १० गतेसम्म एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित भएको सेयर लिलमी खुला गरेको हो । ज्ञबैंकले लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई सेयर बाँडफाँड भएको ३ कार्र्य्दिन पश्चात सिभिल क्यापिटल मार्फत चेक फिर्ता गर्नेछ ।

७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्तापूँजी रहेको नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।