logo

त्रिभुवन विश्व विद्यालयलाई नेपाल बैंकद्धारा १५ करोडको निर्ब्याजी ऋण

    1371   पटक पढिएको

१३ असार / अर्थ र व्यापार - नेपाल बैंक र त्रिभुवन विश्व विद्यालयबीच पारस्परिक हित प्रबर्द्धन गर्न सहकार्य भएको छ । दुबै संस्थाबीच यस बारेमा सम्झौता भएको हो । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताव शाह र त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले हस्ताक्षर गरेका छन् ।
 समझदारी अनुसार, त्रिविका निबृत्तिभरण प्रापकले नेपाल बैंकमा विशेष बचत खाता खोल्ने छन्, जसबाट पेन्सन रकम भुक्तानी हुन्छ । पेन्सनका लागि बढिमा १५ कार्य दिनसम्म बैंकले त्रिविलाई १५ करोड बराबरको रकम उपलब्ध गराउने छ । यो रकममा बैंकले ब्याज लिँदैन । 
 त्रिविले बैंकसँग गर्ने ड्राफ्ट, टिटी, अन्तर शाखा कारोबार, रेमिटेन्सलगायतका कारोबारमा ५० प्रतिशत छुटसमेत दिइने छ । साथै बैंकको बालाजु औद्योगिक क्षेत्र, भक्तपुर, जावलाखेल, कालिमाटी र चावहिल शाखाबाट त्रिविका विद्यार्थीलाई परीक्षा शुल्कका लागि काउन्टर सेवा दिने पनि समझदारी भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।