logo

नेपाल बैंकको नाफामा गिरावट

    1088   पटक पढिएको

१६ बैशाख/ अर्थ र व्यापार - नेपाल बैंकको तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ आर्जन भएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ५५ प्रतिशतले नाफा घटाएको छ । गत आवको यसै अवधिमा बैंकले २ अर्ब ५६ करोड ७७ लाख नाफा कमाएको थियो ।

८ अर्ब ४ करोड रुपैयाँबाट ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको नेपाल बैंकसँग ३ अर्ब ६२ करोड २८ लाख शेयर प्रिमियम, १ अर्ब १८ करोड ६६ लाख रिटेर्न अर्निङ्ग र १५ अर्ब ६१ करोड १० लाख जगेडा कोष गरि कूल २० अर्ब ६ करोडको जगेडा कोष रहेकोे छ । बैंकको निक्षेपमा ६ दशमलव १२ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ६३ करोड संकलन गरि कर्जा ८८ अर्ब १९ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा १६ दशमलव ७२ प्रतिशतले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा ३ दशमलव ७४ प्रतिशत बढेर ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने १३ दशमलव ६३ प्रतिशतले घटेर ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा नघटेको हुदाँ नाफामा केहि गिरावट आएको हो ।

बैंकको प्रतिशेयर आम्दानी ३० दशमलव ५२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ९ दशमलव ७३ गुणा, प्रतिशेयर नेटवर्थ ३८४ दशमलव ४७ रुपैयाँ , तरलता अनुपात २५ दशमलव १२ प्रतिशत, निष्कृय कर्जा अनुपात २ दशमलव ७१ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव ०२ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४ दशमलव ३२ प्रतिशत, कोषको लागत ४.९१ प्रतिशत र आधार ब्याजदर ६ दशमलव ९२ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।