logo

नेपाल बंगलादेश बैंकको नाफा ४१.१३ प्रतिशतले बढेको वित्तीय विवरण सार्वजनिक

    972   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६९.५४ प्रतिशत तथा वितरण योग्य नाफा झण्डै ४१.१३ प्रतिशतले बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । व्यवसाय विस्तारसँगै बैंकको खराब कर्जा अनुपातको आकार भने बढेको छ । यस अवधिमा बैंकले जगेडा कोष,निक्षेप संकलन र कर्जा प्रवाह करिब २५ प्रतिशतको हाराहारीमा वृद्धि गरेको छ । गत आवको पुस मसान्तको उच्च रहेको बैंकको कोषको लागत र आधार ब्याजदर समेत घटाएको छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) अनुसार नेपाल बंगलादेश बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा चालू आर्थिक वर्षको ६ महिना अवधिमा ७९ करोड ३३ लाख खुद नाफा गरेको उल्लेख छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६९.५४ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमासको बैंकको खुद नाफा ४६ करोड ७९ लाख थियो ।

बैंकको व्यवसाय विस्तारबाट ब्याज आम्दानीमा वृद्धि हुँदा लाभांश क्षमतामा समेत गत आवको पुसको तुलनामा १८ करोडले सुधारिएको छ । गत आवको ६ महिनामा बैंकको वितरणयोग्य मुनाफा फ्रिो प्रोफिट ४३ करोड ८० लाख रहेकोमा चालू आवको यसै अवधिमा ६१ करोड ८२ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४१.१३ प्रतिशतले बढी हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १७ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।