logo

नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ बाँडफाँड

    1579   पटक पढिएको

२० असार / अर्थ र व्यापार - नेपाल बंगलादेश बैंक लिमिटेडको ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ बाँडफाँड गरिएको छ । १ हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता ऋणपत्र जेठ १० गतेदेखि असार ८ गतेसम्म निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडद्वारा सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरिद आह्वान गरिएको थियो । 

सोमध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघ–संस्थाहरूलाई व्यक्तिगत तवरबाट तथा ८ लाख कित्ता डिबेन्चरले हुन आउने कुल ८० करोड ऋणपुँजी रकम सर्वसाधारण नेपालीहरूका लागि निष्कासन खुला गरिएको जनाएको छ । 

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ८ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ८ सय ३४ जना आवेदकबाट कुल १ लाख २६ हजार ९ सय २८ कित्ता ऋणपत्रका लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये १ सय ३९ जना आवेदकहरूबाट आवेदन पर्न आएको जम्मा १२ हजार १ सय ५० कित्ता ऋणपत्र विभिन्न कारणवश अस्वीकृत भएको हुँदा रितपूर्वक ६ सय ९५ जना योग्य आवेदकलाई मात्र निजहरूले माग गरेबमोजिम नै बाँडफाँड गरियो । 
रितपूर्वक ६ सय ९५ जना योग्य आवेदकलाई कुल १ लाख १४ हजार ७ सय ७८ कित्ता ऋणपत्र बाँडफाँड गरियो तथा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा २७ जना योग्य आवेदकलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ६ लाख ८५ हजार २ सय २२ कित्तासमेत गरी कुल १८ लाख ८५ हजार २ सय २२ कित्ता ऋणपत्र बाँडफाँड गरियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।