logo

नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको कारोबार गर्नका लागि अनुमति पायो

    1220   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको कारोबार गर्नका लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार स्वीकृति दिएको हो । 

नेपाल बंगलादेश (एनबी) बैंकको सहायक कम्पनीका रुपमा खुल्न लागेको कम्पनीको चुक्ता पूँजि २० करोड रुपैयाँको हुने छ । यसले भविस्यमा सर्वसाधारणलाई समेत शेयर जारी गर्ने बैंकले जनाएको छ ।

संस्थाले माघभरीमा कारोबार सञ्चालन गर्ने लक्ष्य लिएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्रभूषण श्रेष्ठलाई बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले अनुमति प्रमाणपत्र हस्तान्तरण गरेका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र दाहाल हुन् । 

कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापन र संस्थागत परामर्श सेवा उपलब्ध गराउने छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।