logo

नेपाल एग्रो लघुवित्तको आईपीओ आजदेखि निष्कासन 

    2042   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - नेपाल एग्रो लघुवित्तको प्राथमिक शेयर (आईपीओ) को आजबाट बिक्री खुला भएको छ । । जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरका १ लाख ६१ हजार ७७८ कित्ता शेयरो निम्ति आवेदन खुलेको हो । यो वित्तीय संस्थाले कर्मचारी र सामूहिक लगानी कोषका १० हजार कित्ता छुट्याएर बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता शेयरको आईपीओ निष्कासन गरेको हो । 

कम्तिमा १० देखि अधिकतम ८ सय कित्ता शेयर आवेदन  खुला भएको यो वित्तीय संस्थाले ११ गतेसम्मको लागि आवेदन माग गरेको छ । यसको जारी पुँजी ४ करोड ९७ लाख ७७ हजार ८ सयको ३२.५० प्रशितले हुन आउने १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँबराबरको १ लाख ६१ हजार ७७८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये २ हजार ४८९ कित्ता शेयर कर्मचारीहरुका लागि र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १ लाख ५१ हजार २ सय कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

छिटोमा वैशाख ११ र ढिलोमा जेठ ६ गतेसम्म यसको शेयर आवदेनको निम्ति समय तोकिएको छ । यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ । आवेदन दिन चाहनेहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिने सक्नेछन् । 

हाल ३ करोड ३६ लाख चुक्ता पुँजी रहेको कम्पनीको सर्वसाधारणलाई छुट्याएको आईपीओपश्चात ४ करोड ९७ लाख ७७ हजार पुग्नेछ । सर्वसाधारणलाई समेत समेटेपछि कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ६७.५० प्रतिशत र सर्वसाधारणतर्फ ३२.५० प्रतिशत कायम हुनेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ बिक्री गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत १८ गते स्वीकृति पाएको थियो । गत वर्षको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ ४८ पैसा रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले प्रतिशेयर नेटवर्थ १०० रूपैयाँ ७३ पैसा पुर्याउने प्रक्षेपण गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।