logo

एनसीसी बैंकद्वारा ८० लाख कित्ता लिलामी शेयरमा बोलपत्र आह्वान, आज अन्तिम दिन

    1368   पटक पढिएको

२० पुस/ अर्थ र व्यापार  - नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को करिब ८० लाख कित्ता लिलामी शेयरमा बोलपत्र पेश गर्ने पुस २० गते शुक्रबार अन्तिम दिन रहेका छ ।  बैंकले पुस ११ गते बुधबारेदेखि ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

इच्छुक लगानीकर्ताले एनसीसीले लिलाम बढाबढमा बिक्रीमा ल्याएका उक्त शेयरमा पुस २० गते शुक्रबार (आज) सम्म आवेदन दिन सक्नेछन् । बैंकको लिलामी हकप्रद शेयरको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन न्युनतम १०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नुपर्दछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण १०० कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ । आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो । पुस १९ गते बिहीबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१३ रूपैयाँमा कारोबार भएको छ । लिलामी शेयरमा आवेदन गर्दा दोस्रो बजारमूल्यलाई ध्यान दिनु एकदमै जरूरी हुन्छ । कम्पनीहरूको दोस्रो बजारमा हुने कारोबार मूल्यको आधारमा र यसअघि भएका लिलामी शेयरको कटअफ कति तल भएको त्यसको आधारमा कुन कम्पनीको शेयर कति मूल्यमा बोलकबोल गर्नुपर्ने निर्धारण गर्नु उपयुक्त्त हुन्छ । जसले न्यूनतम मूल्यमा शेयर सकार्न पाउने अवस्था आउनसक्छ ।

यस्तै जेबिल्स् फाइनान्स (JEFL) ले ६ लाख ६५ हजार ९९५ कित्ता संस्थापक  र ३ लाख ३१ हजार ६७२ कित्ता साधारण शेयरको शिलबन्दी बोलपत्र शुक्रबार बिक्री प्रबन्धक सनराइज क्यापिटलमा दिउँसो ३ बजे खुला हुने क्यापिटलले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।