११ साउन / अर्थ र व्यापार – नेशनल माइक्रोफाईनान्सले आर्थिक बर्ष २०७३/७४ मा सात करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको तुलनामा ७६.५० प्रतिशतले खुद नाफा बढाएको हो । आर्थिक वर्ष २०७२/७३ मा नेशनलले चार करोड आठ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा नेशनलले तीन करोड रुपैयाँ चुक्ता पूँजी तथा छ करोड ९७ लाख रुपैयाँले जगेडाकोष वृद्धि गरेको हो । कम्पनीले शुन्य दशमलव ६९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपातलाई समेत शुन्य दशमलव ४७ प्रतिशतमा घटाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ३२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन तथा एक अर्ब ६२ करोड ४६ लाख रुपैयाँ कर्जा परिचालनबाट १४ करोड एक लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । ११ करोड ३३ लाख सञ्चालन नाफा कमाएको लघुवित्तले ६९ लाख ६७ हजार रुपैयाँ संम्भावित कर्जा जोखिम कोषमा राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ७२.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२०.२४ रुपैयाँ, तरलता अनुपात १८.३० प्रतिशत तथा मूल्य आम्दानी अनुपात २३.७७ रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया