logo

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको साधरणसभा, १३ करोड ४६ लाख नाफा

    1153   पटक पढिएको

३ पुस /अर्थ र व्यापार - नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ ।

नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त वित्तीय संस्था २०७१ असारदेखि सञ्चालनमा आएको हो ।

धादिङबेँसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्ता पूँजी १२ करोड तीन लाख ५६ हजारबाट वृद्धि भई १५ करोड चार लाख ४५ हजार पुगेको आचार्यले बताए ।

वित्तीय संस्थाले चार वर्षमा ३७ जिल्लामा ५० शाखामार्फत सेवा दिइरहेको छ । धादिङमा नीलकण्ठ नगरपालिकाको धादिङबेँशी र गोगनपानीमा शाखा छ । संस्थाले नौ अर्ब ८६ करोड छ लाख कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।

संस्थाले विपन्न परिवारलाई कुखुरापालन, तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, साना व्यवसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आएको छ ।

शाखा रहेका ठाउँका ४६ हजारभन्दा बढी परिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना सञ्चालनसमेत गरिएको छ । साधारणसभाले रवीन सिजापती, बरुण श्रेष्ठ, राजीव गिरी र केशवप्रसाद आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।