२ भदौ / अर्थ र व्यापार – नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७३र०७४ मा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत असारसम्म कम्पनीले ७६ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ६० करोड ९७ लाख रुपैयाँ दावी भुक्तान गरेको जानकारी दिएको छ ।
कम्पनीले शुक्रबार गत आवको वित्तीय विवरण सार्वजनिक गर्दे २९ हजार ३३३ बिमालेख जारी गरेको जानकारी गराएको छ । कम्पनीले अझै ८० करोड ११ लाख रुपैयाँ दावी भुत्तान गर्न बाँकी रहेको जानकारी दिएको छ । कम्पनीको चुक्तापुँजी ५५ करोड ५० लाख रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया