logo

३१ साउनमा नेशनल हाइड्रोको साधारणसभा 

    1585   पटक पढिएको

९ असार / अर्थ र व्यापार - विवादित तथा समस्याग्रस्त नेशनल हाईड्रोपावर कम्पनीले साउन ३१ गते २० औँ साधारण डाकेको छ । सधारणसभाको विशेष प्रस्तावमा अन्य उपयुक्त हाइड्रो पावर कम्पनीसँग मर्ज गर्ने वा अन्य कम्पनीलाई एक्वीजिसनमा लिने बारे आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ । 
 एक अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको अझै पनि १९ करोड ७५ लाख रुपैयाँ ऋण रहेको छ । साथै आर्थिक बर्ष २०७३र७४ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनी ४० करोड ९० लाख रुपैयाँ घाटामा रहेको छ ।
  कम्पनीको मुख्य प्रवर्द्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्ने भनिएको ४.५ मेगावाट क्षमताको तल्लो इद्रावती जलबिद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अख्तियार दुरुपयोग अनुन्धान आयोगको आदेश अनुसार २०७१ पुष ३० को उर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले खारेज भएको थियो ।
 उक्त आयोजनाको सुरुङ खन्नेकाम आधा बढि सकिएको हुँदा फेरि आफैंले लाइसेन्स लिने र बनाउने कम्पनीको योजना छ । त्यही कारण मर्जर प्रस्ताव साधारणसभामा लगिएको हो ।     गत मंसिरमा डाकिएको कम्पनीको साधारणसभा कोरम नपुगेर स्थगित भएको थियो ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।